Online Nepal शनिबार, बैशाख २२ २०८१

डोनाल्ड ट्रम्पले गरे जेलमा आत्मसमर्पण

डोनाल्ड ट्रम्पले गरे जेलमा आत्मसमर्पण


मध्यान्तर
  • शुक्रबार, भाद्र ८ २०८०

  • काठमाडौं । अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् ।
    एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।। उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

    जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट)जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार