Online Nepal आइतबार, बैशाख २३ २०८१

सरकारमा आउन अरु दललाई एमालेको आग्रह

सरकारमा आउन अरु दललाई एमालेको आग्रह


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २५ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।

    आज च्यासलमा बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको एक नेताले जानकारी दिए ।

    बैठकपछि ती नेताले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार