Online Nepal आइतबार, बैशाख १६ २०८१

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् ।

    आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए ।

    उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो ।

    बैठकमा बाल्दै सांसद गुरुङले भने, ‘सहकारी र लद्युवित्त गृह मन्त्रालय मातहात हैन । तर समितिमा यी विषयमा किन छलफल चलाइयो ।’ समितिलाई सभापतिले आफू अनुकूल चलाउन खोजको उनको आरोप थियो ।

    समिति बैठकमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले पनि सभापतिको शैलीमा आपत्ति जनाए ।

    प्रतिक्रिया
    थप समाचार