Online Nepal आइतबार, बैशाख १६ २०८१

रमेश खरेलद्वारा रास्वपा परित्याग

रमेश खरेलद्वारा रास्वपा परित्याग


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् ।

    पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन् । एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरे उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन् ।

    रास्वपा सरकारमा सहभागी भएको, लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार