Online Nepal शनिबार, बैशाख २२ २०८१

लक्ष्मी सनराइज बैंकको लैङिक समानता र महिला सशत्तीकरण कार्यक्रम सप्पन्न

लक्ष्मी सनराइज बैंकको लैङिक समानता र महिला सशत्तीकरण कार्यक्रम सप्पन्न


मध्यान्तर
  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशिता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै स्पार्क-  इम्पावरिङ वुमन इन लिडरसिप– इन्सपायर इन्क्लुजनु कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

    सो कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफवान सफ्ट ग्रुपका पियुष पौड्याल, भायोनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायत वक्ताहरूले महिला नेतृत्व र सशक्तीकरणको बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा बृहत् मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्थालगायतका योजनाहरू समावेश रहेको उनको भनाइ थियो ।

    शाहले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामिलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।

    पछिल्लो तथ्यांकअनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी टर्नओभर रसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ ।

    हाल बैंकमा ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत छ । काठमाडौं उपत्यकाभित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू छन् भने बैंकका २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरूले गरिरहेका छन्।

    प्रतिक्रिया
    थप समाचार