Online Nepal आइतबार, बैशाख २३ २०८१

एक हप्ताभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम नराखे भर्ना रोक्ने काठमाडौं महानगरको चेतावनी

एक हप्ताभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम नराखे भर्ना रोक्ने काठमाडौं महानगरको चेतावनी


मध्यान्तर
  • बुधबार, चैत्र २१ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अक हप्ताभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया नयाँ भर्ना रोक्ने भएको  छ । आज महानगरले एक सूचना जारी गर्दै  आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

    महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने बताएको हो ।

    साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन समेत महानगरले निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार