Online Nepal आइतबार, बैशाख २३ २०८१

शेयर बजारको गिरावट कायमै, आज पनि ३.४३ अंकले घट्यो

शेयर बजारको गिरावट कायमै, आज पनि ३.४३ अंकले घट्यो


मध्यान्तर
  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको गिरावट भएको छ । आज नेप्से ३.४३ अंकले घटेर दुई हजार ६ दशमलव ७८ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार