Online Nepal आइतबार, बैशाख २३ २०८१

यो नयाँ वर्षमा, सि.जी. एस.डि.ए.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

यो नयाँ वर्षमा, सि.जी. एस.डि.ए.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना


मध्यान्तर
  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।

    यस उपहार योजना अन्तर्गत सी.जी.एस.डि.ए.कोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सी.जी. एस.डि.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सकिने छ भने बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सकिने छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नो ब्राण्ड सी.जी. एस.डि.ए.को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्नेछन् ।

    यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ ।
    यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार