Online Nepal आइतबार, बैशाख २३ २०८१

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो


मध्यान्तर
  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९० वटाको बढेको छ भने ४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज तारागाउँ रिजेन्सी होटल शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्सको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार