Online Nepal आइतबार, बैशाख २३ २०८१

शेयर बजारको उकालो यात्रा कायमै, आज पनि ९.१९ अंकले बढ्यो

शेयर बजारको उकालो यात्रा कायमै, आज पनि ९.१९ अंकले बढ्यो


मध्यान्तर
  • मंगलबार, चैत्र २७ २०८०

  • काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.१९ अंकले बढेर दुई हजार ३६ दशमलव १ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी र पोखरा फाइनान्स रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार