Online Nepal शनिबार, बैशाख २२ २०८१

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • फाइल तस्बिर

    काठमाडौं । डोल्पाको सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ ।

    गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।। उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार मृत्यु भएको छ ।

    आगलागीबाट घाइते १० वर्षीय सुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार