Online Nepal शनिबार, बैशाख २२ २०८१

अछाममा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु

अछाममा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । अछाममा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा ६ षोडशामा छानामा आगलागी हुँदा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    घटनाबारे थप अनुसन्धानका लागी प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय अछाम प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार