काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
दोलखाबाट भिमेश्वर नगरपालिकाबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान ७:३० दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।