Online Nepal आइतबार, बैशाख २३ २०८१

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


मध्यान्तर
  • आइतबार, बैशाख ९ २०८१

  • काठमाडौँ । कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

    बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा शनिबार राति चालकको घटनास्थलमै मृत्यु भएको हो।

    प्रहरीका अनुसार लालझाडी गाउँपालिका-६ का ३५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।

    पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार