Online Nepal सोमबार, बैशाख २४ २०८१

नेप्सेमा झिनो अंकको सुधार, २ अर्ब ५३ करोडको कारोबार

नेप्सेमा झिनो अंकको सुधार, २ अर्ब ५३ करोडको कारोबार


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले सुधार भएको छ । आज नेप्से ०.१५ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १७ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११३ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९२ प्रतिशतले बढेको छ ।

    आज माइखोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.८४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको ६३ करोड ३० लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार