Online Nepal आइतबार, बैशाख २३ २०८१

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

    तीव्र गतिमा चलेको हावा र चर्को घामले आगलागी नियन्त्रणमा कठिन भइरहेको छ ।

    आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार