Online Nepal सोमबार, फाल्गुन २५ २०८२

काठमाडौँमा एक जना पुरुष मृत फेला

काठमाडौँमा एक जना पुरुष मृत फेला


मध्यान्तर
  • सोमबार, फाल्गुन २५ २०८२

  • काठमाडौँ । काठमाडौँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकैको झ्याङमा एक पुरुषको शव भेटिएको हो ।

    अन्दाजी ४० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । आइतबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    उक्त घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार