Online Nepal आइतबार, बैशाख २३ २०८१

अनामनगरमा मयूर डान्स एकेडेमी संचालनमा

अनामनगरमा मयूर डान्स एकेडेमी संचालनमा

निर्देशक खरेलले रिवन काटेर गरे डान्स एकेडेमीको उद्घाटन


माध्यान्तर
  • बिहिबार, मंसिर २७ २०७५

  • काठमाण्डौ– राजधानीको अनामनगर स्थित हनुमान स्थानमा सक्रिय कलाकार यूवाहरुले डान्स एकेडेमी संचालनमा ल्याएका छन् । गीतकार एवं कलाकार प्रविण थपलियाको संयोजकत्वमा कलाकार एवं निर्देशक गौरव गिरीले मयूर डान्स सेन्टरको यहि मंसीर २६ गतेवाट संचालनमा ल्याएका हुन् । चलचित्र निर्देशक माधव राज खरेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको उक्त कार्यक्रममा नायक श्रीदेव भट्टराई र नायिका शितल श्रेष्ठलाई आजिवन संस्थापक कलाकारहरुको पदवी समेत प्रदान गरिएको थियो ।

    अनुभवि र दक्ष प्रशिक्षकद्धारा तालिम प्रदान गरिने उक्त एकेडेमीमा नृत्यका अलवा, संगीत, अभिनय, जुम्वा लगाएतका प्रशिक्षण हुने पनि वताईएको छ ।कार्यक्रममा समाजसेवी यूवराज गाउँले, सोमा खत्री वरिष्ठ अधिवक्ता राजेन्द्र शर्मा लगाएतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार