Online Nepal शुक्रबार, बैशाख ११ २०८३

साँखुमा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली प्रहार, एक जना घाइते

साँखुमा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली प्रहार, एक जना घाइते


मध्यान्तर
  • शुक्रबार, बैशाख ११ २०८३

  • काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी भेगमा पर्ने शङ्खरापुर नगरपालिकाको साँखुमा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा आज (शुक्रबार) गोली चलाएको हो ।

    ब्युरोको टोली लागुऔषध खरिद-बिक्री भइरहेको विशेष सूचनाका आधारमा साँखु पुगेको थियो । प्रहरीले कारोबारीलाई पक्राउ गर्न खोज्दा उल्टै लागुऔषध प्रयोगकर्ता तथा कारोबारीको समूहले प्रहरी टोलीमाथि गोली प्रहार गरेको थियो । आक्रमणकारीको प्रतिकार गर्दै आत्मरक्षाका लागि प्रहरीले जवाफी कारबाही गर्दा एक जना घाइते भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार