Online Nepal शुक्रबार, बैशाख ११ २०८३

इनड्राइभरद्वारा ‘प्लेटिनम ड्राइभर गिभअवे’ का विजेताहरूलाई पुरस्कार वितरण

इनड्राइभरद्वारा ‘प्लेटिनम ड्राइभर गिभअवे’ का विजेताहरूलाई पुरस्कार वितरण


मध्यान्तर
  • शुक्रबार, बैशाख ११ २०८३

  • काठमाडौँ ।  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभर (inDrive) ले आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहका बिच ग्राण्ड पुरस्कार हस्तान्तरण गरेको छ।

    सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म चलेको यस चार हप्ते क्याम्पेनमा चालकहरूको कार्यसम्पादन र सेवाको गुणस्तरका आधारमा उनीहरूलाई सम्मानित गरिएको हो।

    प्रमुख विजेताहरू र पुरस्कार:
    क्याम्पेन अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनरहरूले निम्नलिखित पुरस्कार प्राप्त गरे:

    टाटा एक्सप्रेस-टी ईभी (क्याब चालक वर्ग):  पेसल बुढाथोकी

    याडिया भिल्क्स (बाइक चालक वर्ग):  साम्देन तामाङ (कुन्द सर)

    याडिया भिल्क्स (बाइक चालक वर्ग):  सरोज खतिवडा

    अन्य पुरस्कारहरू:
    ग्राण्ड पुरस्कारका अतिरिक्त अन्य ड्राइभरहरूलाई पनि प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिएको थियो:

    १६ जनालाई: सामसुङ ग्यालेक्सी A17 5G स्मार्टफोन।

    ४ जनालाई: स्टेकेसन प्याकेज।

    विजेताहरूको अनुभव:
    विजेता पेसल बुढाथोकीले ईभी कार प्राप्त गर्दा आफू निकै उत्साहित भएको र यसले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा मिलेको बताउनुभयो। त्यस्तै, बाइकतर्फका विजेता सरोज खतिवडाले यो पुरस्कार आफ्नो र परिवारको लागि खुसीको क्षण भएको भन्दै इनड्राइभरलाई धन्यवाद दिए ।

    थप राहत कार्यक्रम: २७ लाख बराबरको इन्धन सहयोग
    इनड्राइभर नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जिमी राईले विजेताहरूलाई बधाई दिँदै चालकहरूको हितका लागि नयाँ कार्यक्रमको पनि घोषणा गरे ।

    बढ्दो सञ्चालन खर्चलाई ध्यानमा राख्दै इनड्राइभरले २०२६ अप्रिल १५ देखि लागू हुने गरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो सहयोग चालकहरूको सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिनेछ, जसले उनीहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया
    थप समाचार