Online Nepal शनिबार, बैशाख २२ २०८१

राष्ट्र बैंकले फुकाई दियो ट्यालेन्ट हन्ट प्रक्रिया

राष्ट्र बैंकले फुकाई दियो ट्यालेन्ट हन्ट प्रक्रिया


मध्यान्तर
  • मंगलबार, भाद्र २३ २०७७

  • काठमाडौं। नेपाल राष्ट्र बैैंकले गत साल रोकेको  ट्यालेन्ट हन्ट नयाँ गभर्नरले खुलाएका छन्। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुले ट्यालेन्ट हन्टका नाममा मनपरी कर्मचारी भर्ना गरेको भन्दै राष्ट्र बैंकले  यसलाई रोकेको थियो। अब भने फेरि     खुलाइ दिएको छ  । राष्ट्र बैंकले कार्यविधि र मापदण्ड  बनाएर ट्यालेन्ट हन्ट गर्न भनेको छ।

    बैंकका प्रमुख कार्यकारी वा माथिल्लो ब्यवस्थापनलाई विभिन्न शैक्षिक संस्थाहरुले गेष्ट लेक्चर भनेर बोलाउँथे। त्यहाँ पुगेका बेला उनीहरुले केही उत्कृष्ट  विद्यार्थीको नाममा  प्रतिस्पर्धा बिनै सिधै बैंकमा नियुक्त दिन्थे। यसलाई रोक्न ट्यालेन्ट हन्ट बन्द गरिएको थियो।

    अबदेखि यो प्रक्रियाबाट पाइने भएको  छ। अब ट्यालेन्ट हन्ट प्रकृयाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता  पारदर्शिता तथा योग्यता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्नु पर्ने छ। यो   प्रक्रियाले  कर्मचारी भर्ना छनौट  छिटो हुने भयपनि  आफन्त ,नातावाद र कृपावादको आर्शिवाद रहने हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार