Online Nepal शनिबार, बैशाख २२ २०८१

६ महिनापछि आन्तरिक उडान सुरु

६ महिनापछि आन्तरिक उडान सुरु


मध्यान्तर
  • सोमबार, असोज ५ २०७७

  • काठमाडौं । सरकारले  लकडाउन  गरेपछि ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा सोमबारबाट सुरू भएको छ ।आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको छ । सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो ।

    आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य मापदण्ड  अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनसक्नेछ  ।पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार