Online Nepal आइतबार, बैशाख २३ २०८१

देशैभर पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए

देशैभर पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज ९ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनालाई जितेर निको भएका छन् भने हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

    कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको डा. गौतमले बताए । । मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।

    त्यस्तै शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार थप ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म कुल ४५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको ।

    मन्त्रालयले १२ हजार २६२ जनाको पिसिआर परीक्षण भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार