काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ भने योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।