Online Nepal आइतबार, बैशाख २३ २०८१

अमेरिकामा नेपाली थापालाई ‘शो फेष्ट अवार्ड २०२२’;

अमेरिकामा नेपाली थापालाई ‘शो फेष्ट अवार्ड २०२२’;


मध्यान्तर
  • बिहिबार, चैत्र १० २०७८

  • अमेरिकाको प्रतिष्ठित अवार्ड ‘शो फेष्ट अवार्ड २०२२’ नेपाली सफल युवा व्यवसायी, टाइकन्डोका मास्टर तथा एक्शन फर नेसन्स (AFN) का संस्थापक अध्यक्ष प्रकाश थापाले प्राप्त गरेका छन ।

    शो फिष्ट संस्थाले प्रत्यक बर्ष महिला सशक्तीकरण, युवा सशक्तिकरण, सुचना प्रविधि लगायतका बिभिन्न १० बिधामा काम गर्ने विश्वभरका बिभिन्न व्यक्तिहरुलाई उक्त अवार्ड प्रदान गदै आइरहेको छ ।

    थापालाई अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि सञ्चालन गरिएको आत्मरक्षा तालिम मार्फत विश्वव्यापी प्रभावका लागि शो फेस्ट सोसल अवार्ड २०२२ बाट सम्मानित गरिएको अवार्ड प्रदान गर्ने संस्था शो फेष्टले जानकारी दिएको छ । यस बर्ष प्रदान गरिएको उक्त अवार्ड जित्ने थापा एक मात्र नेपाली हुन ।

    अमेरिकाको क्यालीफोनीया स्थित सिलीकन भ्यालीमा आयोजना गरिएको उक्त अवार्डलाई बलिउडकी चर्चितअभिनेत्री मलाइका अरुवाले थापालाई अवार्ड प्रदान गरेकी थिईन ।
    अवार्ड बितरण गदै यि चर्चित अभिनेत्री मलाइकाले थापाले सामाजीक क्षेत्रमा पुर्याएको योगदानबाच सबैले पाठ सिक्नुपर्ने बताउंदै थापाको कार्यको मुक्क्तकण्ठले प्रसंसा गरिन । अवार्ड जितेपछी थापाले यस्तो गरिमामय अवार्ड र सम्मानले सामाजिक क्षेत्रमा लाग्न झनै प्रेरणा र हौशला मिलेको कुरा बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार