Online Nepal आइतबार, बैशाख २३ २०८१

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोन पुनः निर्वाचित भएका हुन् । म्याक्रोनले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् ।

    म्याक्रोनले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।

    जीतपछि म्याक्रोनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले प्राप्त गरेको भोट नै उनको लागि सबैभन्दा ठूलो जीत रहेको बताएका छन्।

    चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोनको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् ।

    फ्रान्सको राष्ट्रपति चुनावमा यो पल्ट ७२ प्रतिशत भोटरले मतदान गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार