Online Nepal आइतबार, बैशाख २३ २०८१

नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से र कारोबार रकम दुबै घटेको छ। अघिल्लो कारोबार दिन करिब १०० अंक बढेको नेप्से, यस दिन भने ३५ अंकले घटेको छ।

    सोमबार नेप्से परिसूचक ३४.९५ अंक घटेर २३८६.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको कारोबार भएको बजारमा यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक क्रमशः ०।१३ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको ०.८२ प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार