Online Nepal बुधबार, बैशाख १९ २०८१

कृषिमन्त्रीको कारणले गर्दा प्रधानमन्त्रीले काम गर्न सक्नुभएन : सांसद चौधरी

कृषिमन्त्रीको कारणले गर्दा प्रधानमन्त्रीले काम गर्न सक्नुभएन : सांसद चौधरी


मध्यान्तर
  • सोमबार, जेष्ठ ३० २०७९

  • काठमाडौं ।  नेपाली कांग्रेसकी सांसदले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको आलोचना गरेकी छन् । कांग्रेस सांसद पार्वता डीसी चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा कृषिमन्त्री कारणले गर्दा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न नसकेको बताएकी हुन् ।

    प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले मलको विषयमा छलफल गर्न ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा कांग्रेस सांसद चौधरीले कृषिमन्त्री यादवमाथि आक्रोश व्यक्त गरेकी हुन् । हिजो भर्खरको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो यो गठबन्धनको सरकार भएको हुनाले धेरै काम भनेको जति हुन पाएन । तपाईंहरूजस्तै मन्त्री भएर हाम्रो सभापतिले काम गर्न पाउनुभएको छैन, प्रधानमन्त्रीले काम गर्न सक्नुभएको छैन,उनले भनिन्, बेइज्जत त हाम्रै कांग्रेसलाई हुन्छ नि, नेतृत्वको त कांग्रेसको छ ।
    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रमबारे प्रतिनिधिसभामा छलफल गर्ने क्रममा मन्त्री यादव भारत भ्रमणमा थिए । सांसदहरूले त्यहाँ मन्त्रालयका योजनाबारे प्रश्न उठाएको तर मन्त्रीले सदनलाई अपमान गरेर विदेश भ्रमणमा गएको सांसद चौधरीको भनाइ थियो । बजेटका विषयमा छलफल हुँदै गर्दा कृषिमन्त्री लापत्ता हुनुहुन्थ्यो, गायब हुनुहुन्थ्यो । तर, आज फेरि आउनुभएको छ । के-के प्रश्न गरियो उहाँले सुन्नुभएन । यो सदनप्रतिको अपमान हो । यस्तो बेलामा विदेश जानु ठीक होइन, किसानले मल नपाएको कारण बजेटमाथिको छलफल स्थगनको प्रस्ताव आएको भन्दै उनले कृषिमन्त्रीमाथि आक्रोश पोखेकी हुन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूलाई राम्रो सांसदलाई मन्त्रीमा सिफारिस गर्न र सरकार सफल बनाउन सांसद चौधरीको भनाइ थियो । कांग्रेसको नेतृत्व सफल पार्नका लागि गठबन्धनले पनि राम्रा मन्त्री दिनुपर्‍यो, जसपाको आलोचना गर्दै उनले भनिन्, ुजसपा केपी ओली हुँदा पनि मन्त्री हुन खुट्टो उचाल्दै जाने, अनि यता हुँदा पनि खुट्टो उचाल्दै आउने । जहाँ जाँदा पनि खुट्टो उचाल्दै जाने कस्तो मज्जाको, अरु त सांसदै होइनन् जस्तो । एउटै मान्छे जता जाँदा पनि मन्त्री भइरहने ।

     

    प्रतिक्रिया
    थप समाचार