Online Nepal आइतबार, बैशाख २३ २०८१

अष्ट्रेलियामा गोर्खाज ब्राण्ड चिनाउंदै सुभाष र नारायण

अष्ट्रेलियामा गोर्खाज ब्राण्ड चिनाउंदै सुभाष र नारायण


मध्यान्तर
  • बिहिबार, असार २ २०७९

  • पछील्लो समय प्रबासमा नेपालीहरू आफ्नै ब्यापार ,ब्याबसाय र उत्पादनशील कार्यमा संलग्नता जनाउन थालेका छन ।

    के खाडी मूलुक ? के अमेरिका त के युरोप ? यी मूलुकहरूमा रहनु हुने प्रबासी नेपालीहरूले ब्यापार ब्यबसायमा सफलताका साथ मारेको छलांग सांच्चै लोभलाग्दो नै रहंदै आएको छ । यसैबीच लामो समयदेखी अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाउंदै अगाडि बढेका दुई यूबा सुभाष जोशी र नारायण पन्त यतिबेला सिड्नीमा गोर्खाज ( ब्राण्ड अफ नेपाल ) को नाममा ब्यापार , ब्याबसाय र उत्पादनशील कार्यमा जुटेका छन । गोर्खाजले मोबाईल होल्डर,हेयर ट्रिमर, बेड सिट र ब्यूटी सम्बन्धि उत्पादनलाई अगाडि बढाएको छ । आगामी दिनमा गोर्खाजले सयभन्दा बढी बस्तुहरूको उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ ।

    अनलाईनबाट पनि किन्न सकिने गोर्खाज ब्राण्डका यी उत्पादनहरु यतिबेला सिड्नीका दुई दर्जनभन्दा बढी नेपाली र बिदेशी पसलहरूमा उपलब्ध रहेको जानकारी दिइएको छ -‘ हामी गोर्खाजका यी र अन्य उत्पादनहरुलाई अष्ट्रेलियामा मात्र होइन कि नेपाल,युरोप र अमेरिका लगायतका मूलुकहरूमा पनि बिस्तार गर्दै छौं -‘ जोशी र पन्तले भने । उनीहरू भन्छन -‘ प्रबासमा आफ्नो मातृभूमिको नाम, शानलाई उत्पादन मार्फत मूलुक चिनाउंने हाम्रो उद्देश्यमा साथ दिनु हुन हामी सबैमा आग्रह गर्दछौं -‘ । गोर्खाजले प्रबासमा नेपाली नाम र शान चिनाउंने यस्ता उत्पादनमा हात र साथ दिएर लगानी गर्न चाहनेले सम्पर्क गर्न सक्ने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार