Online Nepal सोमबार, बैशाख १७ २०८१

प्रदेश २ मा एसईईको बाँकी परिक्षा स्थगित, ३ विषयको पुनः परीक्षा दिनु नपर्ने

प्रदेश २ मा एसईईको बाँकी परिक्षा स्थगित, ३ विषयको पुनः परीक्षा दिनु नपर्ने


मध्यान्तर
  • शुक्रबार, चैत्र १५ २०७५

  • काठमाडौं । शिक्षा मन्त्रालयले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएको छ । प्रदेश २ मा एसईईका प्रश्नपत्र धमाधम बाहिरिन थालेपछि मन्त्रालयले परिक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको हो । प्रदेश दुईबाहेक अन्यत्र भने परीक्षा जारी रहने बार्डले जनाएको छ ।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेलले छिटै स्थगित परीक्षाको तालिका सार्वजनिक गरिने बताए । उनका अनुसार बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ ।

    प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो । मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरि छाड्ने बताए । यसैबिच भोली (शनिवार) हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएर सामाजिक संजालमा भाइरल भएको छ ।

    आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो भने मंगलबार छुट्टीका कारण परिक्षा भएन । बुधबार गणित विषयको परीक्षा सकियो । त्यस्तै बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भयो भने शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन । लगातार प्रश्नपत्र बाहिरिएपछि विहिवार र शुक्रबारको परिक्षा रद्ध भयो भने शनिबार हुने प्रश्नपत्रसमेत बाहिरिसकेको थियो । शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।

    कडा सुरक्षाघेरा बिच पनि लगातार प्रश्नपत्र बाहिरिनुमा गम्भीर आशंका पैदा भएकोले आवश्यक छानविन गरी दोषीलाई कडा कार्वाहि गरिने मन्त्री पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार