Online Nepal सोमबार, बैशाख १७ २०८१

धरौटीमा छुटे गण्डकी मेडिकल कलेजका पूर्व सिईओ र परिक्षा नियन्त्रक, ९ जना अझै फरार

धरौटीमा छुटे गण्डकी मेडिकल कलेजका पूर्व सिईओ र परिक्षा नियन्त्रक, ९ जना अझै फरार


मध्यान्तर
  • मंगलबार, चैत्र १९ २०७५

  • काठमाडौं । कास्की जिल्ला अदालतको आदेशमा ठगी मुद्दाको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा र पूर्व सिइओ सन्तोष खनाल धरौटीमा छुटेका छन् । न्यायाधीश बाबुकाजी श्रेष्ठको इजलासले उनिहरु दुवैजनालाई जनही १७ लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    विद्यार्थीहरूले २१ र २२ फागुनमा कलेजका अध्यक्ष खुमा अर्यालसहित ११ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दा दर्ता गरेका थिए । विद्यार्थीको उजुरीपछि प्रहरीले २२ फागुनमा पूर्वसिइओ खनाल र परीक्षा नियन्त्रक शर्मालाई पक्राउ गरेको थियो । प्रहरीले जिल्ला न्यायाधिवक्तामार्फत १४ चैतमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । अदालतले शर्मासँग १५ गते र खनालसँग १७ गते बयान लिएको थियो ।

    गी मुद्धामा दुई जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि अझै ९ जना फरार रहेका छन् । फरार हुनेमा कलेजका अध्यक्ष खुमा अर्याल, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकी हरिमाया पौडेल ढुंगाना, विश्वराज घिमिरे, प्रशासनतर्फका दिनेश पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल र स्टोर किपर कृष्ण पौडेल छन् ।

    यसअघि विद्यार्थीको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै कलेजका अध्यक्षसहित ६ जनाले २३ फागुनमा वारेसमार्फत उच्च अदालत पोखरामा पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञासहितको रिट दायर गरेका थिए । तर, ३० फागुनमा अदालतले रिटमा अन्तरिम आदेश दिन नसकिने फैसला गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार