Online Nepal सोमबार, बैशाख १७ २०८१

इण्डोग्लोबल फाउण्डेसनको पहलमा ‘जिएनआई नेपाल अल्मुनाई’को स्थापना

इण्डोग्लोबल फाउण्डेसनको पहलमा ‘जिएनआई नेपाल अल्मुनाई’को स्थापना


मध्यान्तर
  • बिहिबार, चैत्र २१ २०७५

  • काठमाडौं । भारतको गुरुनानक टेक्निकल इन्ष्टिच्युसन (जिएनआई)ले नेपालमा आफ्ना पूर्व विद्यार्थीहरुसँग नियमित सम्पर्क स्थापना गर्ने उद्देश्यले अध्ययन पश्चात रोजगारमा लागेका विद्यार्थीहरुलाई एकआपसमा क्रियाशिल बनाउन र सक्रिय भूमिका निर्वाह गर्न ‘जिएनआई नेपाल अल्मुनाई’ स्थापना गरेको छ । पुतलिसडक स्थित इण्डोग्लोवल फाउण्डेसनको परिसरमा एक कार्यक्रमको आयोजना गरी जिएनआईका प्रबन्ध निर्देशक डा. एचएस सैनिको उपस्थितिमा अल्मुनाई स्थापना गरिएको हो ।

    जिएनआईद्वारा उत्पादन गरेका विद्यार्थीले बजारमा कस्तो काम गरिरहेका छन् ? उनीहरुले अध्ययन पश्चात पाएका अवसर र विश्वबजारमा चाहिने जनशक्तिको मागलाई मध्यनजर गर्दै विभिन्न देशमा अल्मुनाई बनाइएको जिएनआईका प्रबन्ध निर्देशक डा. सैनिले बताए । उनले भने– “अध्ययन पश्चात आएका हाम्रा विद्यार्थीहरुले कस्ता कम्पनिमा काम पाएका छन् ? आफै संस्था सञ्चालन गरेका छन् कि छैनन् त्यसको अध्ययन गर्न पनि यो अल्मुनाईले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

    नेपालमा जिएनआईको अल्मुनाई स्थापना गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानका सदस्य एवं  इन्डोग्लोबल एजुकेशन फाउन्डेसनका अध्यक्ष सुदन चौहानले पहल गरेका हुन् । उनको संस्थाबाट परामर्श लिएर अध्ययनका लागि जिएनआई गएका विद्यार्थीहरु त्यहाँबाट उत्तिर्ण भएपश्चात आईएमई ग्रुप, चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसनलगायत ठूला कम्पनिहरुमा काम गरिरहेका छन् । चौहानले विद्यार्थीहरुको अल्मुनिले विभिन्न तहमा अध्ययन गरेका एउटै कलेजका विद्यार्थीविच आत्मियता बढाउन र भविष्यमा पाइने अवसरहरुको बारेमा पनि सल्लाह गर्न सहयोग पुग्ने बताए । उनका अनुसार नेपालबाट अधिकांश विद्यार्थी इन्जिनियरिङ कोर्ष अध्ययनको लागि जिएनआई जाने गरेका छन् ।

    अहिले जिएनआईमा ४ सय नेपाली विद्यार्थी अध्ययनरत छन् भने ४५ जना विद्यार्थी उत्तिर्ण भई नेपालका विभिन्न क्षेत्रमा जिम्मेवारीपूर्वक काम गरिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार