Online Nepal सोमबार, बैशाख १७ २०८१

यूरो किड्स गोगंवुको तेस्रो अभिभावक दिवस भव्यरुपमा सम्पन्न

यूरो किड्स गोगंवुको तेस्रो अभिभावक दिवस भव्यरुपमा सम्पन्न


मध्यान्तर
  • आइतबार, चैत्र २४ २०७५

  • काठमाडौं । यूरो किड्स गोगंवुले एक भव्य कार्यक्रम गरी आफ्नो तेस्रो अभिभावक दिवस मनाएको छ । शनिबार आयोजित उक्त कार्यक्रमको पूर्वरक्षा मन्त्री एवं सासंद भिमसेनदास प्रधानले उद्घाटन गरेका थिए ।

    अभिभावक दिवसको अवसरमा साना विद्यार्थी भाइबहिनीहरुले नृत्य, गायनसहित आफ्नो कला प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विषेश अतिथी पूर्व सभासद डा. भिष्म अधिकारीले कक्षा यूरो सिनियर पास गरेका भाइबहिनीहरुलाई दिक्षित गरिएको प्रमाणपत्र वितरण गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथी प्रधानले बार्षिक अभिभावक दिवसको अवसर पारेर साना भाइबहिनीहरुले देखाएको प्रस्तुती र कलाको प्रशंसा गरे । उनले भने– ‘साना भाइबहिनीहरुको प्रस्तुती, कला र क्षमता देख्दा यूरो किड्स गोगंवुले साँच्चै क्षमतावान विद्यार्थी उत्पादन गरेकोमा बधाई तथा शुभकामना दिन चाहन्छु ।’ उनले आगामी दिनमा पनि स्कुलले यस्तै तिक्ष्ण प्रतिभा भएका विद्यार्थी उत्पादन गर्नमा उल्लेख्य भुमिका खेल्न सकोस भन्दै सफताको कामना दिए ।

    कार्यक्रमका विषेश अतिथी पूर्व सभासद डा.अधिकारीले पनि विद्यार्थी भाइबहिनीहरुको प्रस्तुती र कलाबाट प्रभावित भएको भन्दै आजको युगमा सैदान्तिक भन्दापनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।  उनले आगामी दिनमा यूरो किड्स गोगंवुको सफताको लागि कामनासमेत गरे ।

    विद्यार्थीहरुको कला, क्षमता र प्रतिभाको उजागर गर्न र अभिभावकहरुसँग पनि प्रत्यक्ष संवाद गर्न सकियोस भन्ने उदेश्यले अभिभावक दिवस मनाउँदै आएको स्कुलका अध्यक्ष प्रमोद पाण्डेले बताए । कार्यक्रममा अभिभावहरुले पनि व्यवहारिक र जिवनपयोगी शिक्षा प्रदान गरी विद्यार्थीको प्रतिश्पर्धि क्षमता अभिबृद्धिमा यूरो किड्सले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

    स्कुलले विद्यार्थीहरुको हौसला बढाउन कार्यक्रममा लब्धाङ्कपत्र र पुरस्कारसमेत वितरण गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार