Online Nepal सोमबार, बैशाख १७ २०८१

हेलो किड्स तेस्रो बर्षमाः बिद्यालय परिसरमै मनाइयो वार्षिक उत्सव र अभिभावक दिवस

हेलो किड्स तेस्रो बर्षमाः बिद्यालय परिसरमै मनाइयो वार्षिक उत्सव र अभिभावक दिवस


मध्यान्तर
  • आइतबार, चैत्र २४ २०७५

  • काठमाडौं । राजधानीको जोरपाटीस्थित हेल्लो किड्सले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेस गरेको खुशियालीमा बिद्यालय परिसरमै वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

    अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक संस्थाले बालबालिकाको शिकाईलाई उच्च प्राथामीकताका राख्दै बालबालिकालाई सबै क्षेत्रबाट एक सवल र सक्षम नागरीक बनाउन सक्दो कोशिस गरेको बिद्यालयले जनाएको छ ।

    कार्यक्रमको उद्घाटन अरुणीमा एजुकेशन नेटवर्कका अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गरेका थिए । कार्यक्रममा हेल्लो किड्सका अध्यक्ष केशव प्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र योगदानले नै सफलतापूर्वक विद्यालय(हेलो किड्स)ले दोस्रो बर्ष पार गरी तेस्रो बर्षमा प्रवेस गरेको बताए ।

    दिनभर जसो सञ्चालन गरीएको कार्यक्रममा स्थानीयवासी, बुद्धिजीबि, बिभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्ति, अभिभावक लगायतको उपस्थिती रहेको थियो भने साना बालबालिकाको संगीतीक प्रस्तुतिहरुले थप रोमाञ्चकता प्रदान गरेको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार