Online Nepal बिहिबार, बैशाख २० २०८१

जुम्लाको पातरासीमा जिप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते

जुम्लाको पातरासीमा जिप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

    दुर्घटनामा ९ जना घाइते भएका छन्। जिप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेर सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार