Online Nepal शनिबार, बैशाख १५ २०८१

टर्कीमा शक्तिशाली भूकम्पको धक्का

टर्कीमा शक्तिशाली भूकम्पको धक्का


मध्यान्तर
  • सोमबार, माघ २३ २०७९

  • काठमाडौं  । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।

    बीबीसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

    अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो। यूएसजीएसले यहाँ जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ।

    समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४.१७ बजे गएको थियो।

    यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो।

    टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन्।

     

    प्रतिक्रिया
    थप समाचार