Online Nepal शनिबार, बैशाख २२ २०८१

अब काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन !

अब काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन !


मध्यान्तर
  • बुधबार, साउन २२ २०७६

  • काठमाडौं । भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइपलाइनलाई काठमाडौंसम्मै ल्याउने तयारी थालिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गसँगसँगै सरकारले पेट्रोलियम पाइपलाइन पनि काठमाडौं ल्याउने गृहकार्य थालेकोे हो । नेपाल आयल निगमले आफ्नै खर्चमा निमार्णाधीन सडकमा पाइपलाइन बिच्छ्याउन सकिने सम्भावनाबारे सरकारसँग छलफल भइरहेको जनाएको छ । निगमकाअनुसार फाष्ट ट्रयाक र पेट्रोलियम पाइपलाइन एकैपटक सम्पन्न हुनेगरी काम अगाडि बढाउन छलफल चलेको छ ।

    नेपाल आयल निगमको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफललाई अगाडी बढाएको जनाएको छ । निगमले पाइपलाइनका सम्बन्धमा नेपाली सेनालाई पनि पत्राचार गरी सम्भाव्यताको अध्ययनको लागि आग्रह गरेको छ । काठमाडौं तराई द्रुतमार्गको लम्बाई ७६ दशमलव २ किलोमिटर छ । यसबाहेक हाल र्पापलाइनमा सञ्जालमा जोडिइ सकेको अमलेखगञ्जबाट निजगढसम्मको दूरी २२ किलोमिटर छ । द्रुतमार्गको अन्तिम विन्दु ललितपुरसम्म पाइपलाइन ल्याउँदा कुल लम्बाइ ९८.२ किलोमिटर हुन आउने नेपाल आयल निगमले जनाएको छ ।

    सम्भाव्यताकै चरणमा रहेका कारण खर्च अनुमान गर्न सकिने अवस्था नरहेको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेले बताए । पन्ध्र वर्षसम्म द्रुतमार्ग भएर ट्याङ्करमा इन्धन ढुवानी गर्दा लाग्ने खर्च र पाइपलाइन बिछ्याउँदा हुने खर्च कति हुन्छ भन्ने तुलनात्मक अध्ययन निगमले गरिरहेको उनले जानकारी दिए । अध्ययन सकारात्मक पाइयो भने पूर्वाधारका लागि लाग्ने खर्च र काठमाडौंमा पाइपलाइनमार्फत इन्धन खसाल्ने विन्दुमा जमिनका लागि गृहकार्य थाल्ने निगमले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार