Online Nepal सोमबार, बैशाख १७ २०८१

जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु ,अफ्रिकी संघ स्थायी सदस्यका रूपमा समावेश

जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु ,अफ्रिकी संघ स्थायी सदस्यका रूपमा समावेश


मध्यान्तर
  • शनिबार, भाद्र २३ २०८०

  • काठमाडौं ।  जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा शनिबार औपचारिक रुपमा सुरु भएको छ। हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू दिल्ली पुगेका छन्।

    यस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नआउने उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ पनि सम्मेलनमा सहभागी हुँदैछन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस सम्मेलनमा सहभागी नहुने भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन्।

    दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान भएको कार्यक्रममा विभिन्न देशका शीर्ष नेताहरुको आगमन भएको छ। पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र हुनेछ।

    यसैबिच शिखर सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।
    आफ्नो स्वागत सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, ‘तपाईंहरू सबैको सहमतिमा अगाडिको कार्यवाही सुरु गर्नु अघि म अफ्रिकी संघका अध्यक्षलाई जी-२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गर्दछु।’

    जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।

    समूहको २० औं सदस्य युरोपेली संघ हो। अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार