Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायल-हमास युद्धमा कम्तिमा १ हजार १ सय ‍मानिसको मृत्यु

इजरायल-हमास युद्धमा कम्तिमा १ हजार १ सय ‍मानिसको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज २२ २०८०

  • काठमाडौं । इजरायल-हमास युद्धमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ।

    द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ।

    तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

    शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ।

    इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका छन् ।

    हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताएको छ।

    इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

     

    प्रतिक्रिया
    थप समाचार