Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायल र हमासबीच लडाइँ हुँदा थप ५०० जनाको मृत्यु

इजरायल र हमासबीच लडाइँ हुँदा थप ५०० जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, कार्तिक १ २०८०

  • काठमाडौं ।  इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ हुँदा थप ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरि ५०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सचार माध्यमहरुले जनाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

    अलअहली अल अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार