Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे १० हजार भन्दा बढी

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे १० हजार भन्दा बढी


मध्यान्तर
  • बिहिबार, कार्तिक २३ २०८०

  • काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे १० हजार नाघेको छ । बुधबार रातिसम्म गाजामा १० हजार ५६९ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा मात्र गाजामा २१४ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख छ । इजरायलले आवासीय क्षेत्रलाई केन्द्रित गरेर आक्रमण गरिरहेको छ ।

    हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसबाट इजरायलमा १४ सय जनाले ज्यान गुमाएका छन् । दुई सयजनालाई हमासले बन्दी बनाएको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमले जनाएका छन् । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार