Online Nepal शुक्रबार, बैशाख २८ २०८१

पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातजनाको मृत्यु

पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातजनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सातजनाको मृत्यु भएको र अन्य तीनजना घाइते भएको उद्धार विभागले जनाएको छ ।

    जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सातजनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ ।

    प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्‍याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको संख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् ।

    स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो । राससरसिन्ह्वा

     

    प्रतिक्रिया
    थप समाचार