Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायल- हमास चार दिन युद्धविराम 

इजरायल- हमास चार दिन युद्धविराम 


मध्यान्तर
  • बुधबार, मंसिर ६ २०८०

  • काठमाडौं । डेढ महिनादेखि जारी इजरायल- हमास युद्ध चार दिन स्थगित भएको छ ।

    इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् ।

    इजरायलीइजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ । सरकारले आज यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको छ, जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।”

    बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

    बैठकअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकको रिहाइपछि पनि गाजामा युद्ध जारी रहने बताएका थिए ।

    हमासले पनि टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै ‘मानवीय आधारमा युद्धविराम’मा सहमति भएको जनाएको छ । यो सम्झौताको मध्यस्थता गरेकामा हमासले कतार र इजिप्टलाई धन्यवाद पनि दिएको छ ।

    गएको अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ ।

    इजरायलको आक्रमणमा गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार