Online Nepal आइतबार, बैशाख १६ २०८१

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन


मध्यान्तर
  • शुक्रबार, मंसिर २२ २०८०

  • काठमाडौं । रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ ।

    नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’

    परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् ।

    प्रतिक्रिया
    थप समाचार