Online Nepal आइतबार, बैशाख १६ २०८१

पाकिस्तानमा बम विस्फोट हुँदा ५ प्रहरीको मृत्यु

पाकिस्तानमा बम विस्फोट हुँदा ५ प्रहरीको मृत्यु


मध्यान्तर
  • सोमबार, पुष २३ २०८०

  • काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन् ।

    प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

    घटनालगत्तै उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । स्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

    प्रतिक्रिया
    थप समाचार