Online Nepal सोमबार, बैशाख १७ २०८१

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


मध्यान्तर
  • सोमबार, फाल्गुन ७ २०८०

  • काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ३०औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कम्पनीको मर्जर पछिको पहिलो ३० औँ वार्षिक साधारण सभा शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९-८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.२०७९-८० को वार्षिक प्रतिवेदनमाथि छलफल सहित पारित गरिएको छ । सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको आ।व।२०७९(-० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरू पारित गरिएको छ ।

    साथै मर्जर पश्चात् जेठ १४ गतेबाट संयुक्त रूपमा एकीकृत कारोबार गरेको यस कम्पनीको चुक्ता पुँजी रु १,९०,४५,६८,००० कायम भएको छ । सभामा सञ्चालक समितीको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-८० को साबिक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखा परीक्षण प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको छ ।

    सभाले आर्थिक वर्ष २०८०-८१ का लागी बाह्य लेखापरीक्षकमा जे।बि। राज भण्डारी र एण्ड दिबिन्स,चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरिएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोही बमोजिम प्रबन्ध पत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पारित गरेको छ ।

    कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरू, ४३ वटा उपशाखा कार्यालयहरू, ५ वटा बीमा काउन्टरहरू र ६ वटा तेस्रो पक्ष बीमा काउन्टरहरूबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको ।

     

    प्रतिक्रिया
    थप समाचार