Online Nepal आइतबार, बैशाख १६ २०८१

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौं । इजरायलले गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ ।

    चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

    गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो सँगै गाजामा युद्धविराम लागु गर्ने प्रस्ताव सुरक्षा परिषदबाट पास भएपछि असन्तुष्ट इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ ।

    अमेरिकाले भिटो प्रयोग गरी युद्धविरामको प्रस्ताव रोकिदियोस् भन्ने इजरायलको चाहना थियो । तर त्यसो नभएपछि इजरायल असन्तुष्ट छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार