Online Nepal सोमबार, बैशाख १७ २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र डेन्टल एसोशियशनबिच बैकिङ सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र डेन्टल एसोशियशनबिच बैकिङ सम्झौता


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • काठमाडौं  । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर को सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।बैंक र एसोसियशन बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन्  ।

    सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्य  तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई  सांग्रिला बैंकका बिभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध हुने साथै बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जाअन्तर्गत कर्जावालालाई एक लाख रुपैयाँसम्मको कोभिड–१९ इन्स्योरेन्स  समेत निःशुल्क प्रदान गरिने छ ।

    प्रतिक्रिया
    थप समाचार