Online Nepal बिहिबार, बैशाख २० २०८१

हामी शिक्षक

हामी शिक्षक


मध्यान्तर संवाददाता
  • शनिबार, साउन २४ २०७७

  • ज्ञानकाे प्रकाश छर्छाै भनी गन्तव्यमा लम्की रहन्छाैँ कम्मर कसिकसि,
    अाफ्नाे कुनै स्वार्थ छैन सम्मान दिन्छाैँ अरूलाई अाफू तल खसिखसि ।

    भेटिन्छ शिष्य यहाँ नसाेचेकै, नदेखेकै कस्ताे विघ्न अचम्म थरीथरी,
    ज्ञानकाे दियाे बाल्छाैँ बलेकाे मैनबत्ती जस्तै अन्ततः अाफैँ मरिमरि ।

    बाढ्छाैँ ज्ञान, शिक्षा अाफ्नाे बाैध्दिक क्षमताले भ्याएसम्म मिहिनेत गरिगरि,
    शिक्षाकाे बिउ राेपी सक्षम बनाउछाैँ कठीन परिस्थितिमा पनि अघि सरिसरि ।

    अाफ्नाे लागि साेच्ने निमेष फुर्सद छैन दिनरात कक्षा पाठ याेजना बनाइ बनाइ,
    पढाउनु लेखाउनु पर्छ अबाेध बालबालिकाहरूकाे दुखेकाे चित्तलाई मनाइ मनाइ ।

    वास्तविक अवस्था नबुझी अभिभावक अाइ कुरा गर्छन् टेबल ठाेकिठाेकि,
    उनीहरूकाे कुरा बढी सुन्नु पर्छ अाफ्नाे भावनात्मक पीर, व्यथा राेकिराेकि ।

    जहिले सद्बुध्दि, सद्गुण, सद्ज्ञान, सत्मार्ग देखाइ पुर्याइ दियाैँ पारिपारि,
    अहिलेसम्म हजाराैँ जङ्घार तारि अाफू अँध्याराे मै बस्याैँ वारिवारि ।

    शिष्यकै प्रगति, सफलताकाे अविस्मरणीय क्षण सम्झि रमाउछाैँ घरीघरी,
    अमूल्य जीवन यत्तिकै बित्ने भाे दिनदिनै ज्ञानका उज्यालाे ज्याेती छरीछरी ।

    चुडिएकाे चप्पल,थाेत्राे झाेला,खुइलिइएकाे कपडा,बुढाे छाता उपनामले चिनिचिनि,
    सेवा सुविधा केही छैन घर कार्यालय अन्य धेरै टाढा पुग्ने सपना बुन्छाैँ हिँडिहिँडि ।

    म, मेराे एकात्मक व्यावहार छैन छन् सामूहिक भावना भन्छाैँ हामी, हाम्रा,
    अनगिन्ति भविष्यका तारा देश बनाउने कर्णधार उत्पादन गर्याै राम्रा राम्रा ।

    महिनै पिछेँ तलब लिन पाउनुपर्छ जल्दाेबल्दाे मुद्दामा सम्पूर्ण जुटाैँ भनिभनि,
    परिश्रम जति गरे पनि चार महिनाकाे तलब लिने दिन बस्नुपर्छ गनिगनि ।

    अन्य एउटै तहका कर्मचारी साे सरह दिउन हरेक सेवा सुविधाकाे थुप्राेथुप्राे,
    अाखिर महल नै पाए निराश अनुहार लिइ बस्नु पर्दैन थियाे झुप्राेझुप्राे ।
    हितबहादुर थापा मगर त्रिभुवन विश्वविद्यालय

    प्रतिक्रिया
    थप समाचार