रे को भरमा दौडिन्छौ सत्यतथ्य थाहा नपाइ,
चोकचोकमा चर्चा चल्छ कुर्सीमा म भको भैँ,
आफैँलाई चिन्दैन तुक बिना बितर्क गको गैँ ।
आफैँ सर्बेसर्वा पौडिन्छौ गहिराइ पत्ता नलाइ ।
असम्भव कार्य केही हैन सेकेन्ड मै बोले भो,
साथमा एक कौडी छैन चिज भाउ मोले भो ।
नेता जेसुकै बोले पनि काँध थाप्ने झोले भो,
तस्बिर बिकाइ हप्ता असुल्ने ढँटुवा टोले भो ।
केही गर्न नसके दोष अरूलाई थोपरी दिए हुन्छ ,
अपभ्रष्ट्र फटाहाले राज गर्न मोहनी जाल बुन्छ ।
आफ्नो इज्जत जोगाउन सत्य कुरा बोल्नु हुन्न,
युटूब बनाउन हतार हुन्छ घाइते पीडित छुन्न ।
विश्व नियन्त्रणमा लिने मानव परेको छ बन्धन,
आफैँलाई कसरी बचाउने भनी परेको छ रन्धन ।
मान्छेले मान्छेसँगै डराइ हिड्नु पर्ने दिन आयो,
जताततै प्राणी बाँच्नका निम्ति त्राहीत्राही छायो ।
षोडशीको कुमारित्व पचाउने हुन्छ महान् साधु,
होशियार पाउदैनौ छर्न दिग्भ्रमित निर्दयी जादु ।
यहाँ प्रशंसा राष्ट्रघाती भ्रष्ट्रचारी देशद्रोहीकै हुन्छ ,
ब्वाँसाले झैँ आडम्बरी खोल ओढी जनमत चुम्छ ।
आज निष्पक्ष न्यायालयमै शत्ति पैसा मुल फुट्छ,
सर्वसाधारण विचारा दोषी न्यायाधिश एक जुट्छ ।
कसैको घर आगननै चिन्दैनन् डोजर आगो लाग्छ,
उसैको पक्षमा बोल्नको साटो हजुरीय गर्न भाग्छ ।
मौका आको पल जनतालाई मरि मरि जुधाउने,
चौका मार्दै आफ्नै पक्षमा पारि जनता कुदाउने ।
एक हातले दिए जस्तै गरि दुईटा हातले खोस्ने,
मै हूँ भन्ने जनता जनार्दन नै ढोँगी नेता रोज्ने ।